राजनीति


विप्लव समूहमाथिको प्रतिबन्ध र मुद्दा फिर्ता वार्ताबाटै : सञ्चारमन्त्री

विप्लव समूहमाथिको प्रतिबन्ध र मुद्दा फिर्ता वार्ताबाटै : सञ्चारमन्त्री

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ८:४१,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया वार्तासँगै अघि बढ्ने बताएका छन्।

सञ्चार मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सबै समस्याको समाधान वार्ताबाटै गर्ने बताएका हुन्।

‘कसरी जाने, के गर्ने भन्ने कुरा वार्ताबाटै टुंग्याउछौँ, उहाँहरुमाथि लागेका मुद्दा, हतियारको व्यस्थापनको टुंगो गर्नका लागि वार्ता टोली गठन गरिएको हो’, मन्त्री गुरुङले भने, ‘सबै कुरा वार्ताअघि गर्ने हो भने वार्ताको औचित्य समाप्त हुन्छ।’

सरकारले विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धयता सरकारले विप्लवका झण्डै दुई हजारका कार्यकर्तालार्य पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad