दाङको घोराहीमा विवाह भोजमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ।
शनिबार राति घोराही उपमहानगरपालिका–१६ का २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरिएको हो।
जलौरानजिक विवाहको भोजमा गएका राजनलाई ६ जनाले कुटपिट गरी घाइते बनाएका थिए। कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित चौराह हस्पिटल मेडिकल कलेज लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो।
कुटपिटको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न रहेका अभियोगमा ६ जनालाई पक्राउ गरेको छ।
शनिबार राति प्रहरीले घोराही उपमहानगरपालिका १० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी लगायत ६ जनालाई पक्राउ गरेको हो।
घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया