कीर्तिपुरमा एउटा कारले दुई वटा स्कुटर, छ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको छ।
शुक्रबार राती करिब ८ः३० बजे कीर्तिपुरको नयाँ बजारमा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुपेश तण्डुकारले बताए।
डीएसपी तण्डुकारका अनुसार एकतर्फी सडकमा कारले यसरी ठक्कर दिँदा तीन जना घाइते भएका छन्। घाइतेको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि भागेका कार चालकलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। उनले मादक पदार्थ सेवन गरी कार चलाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया