ad ad

समाज


आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १६:९,

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ। शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो।

आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ। यसको श्रेय आईआईएफटी परिवारलाई नै जान्छ।’

ड्रिम्स एजेन्सीले आफ्नो सातौँ वार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ५० वटा विधामा अवार्ड तथा सम्मान गरिएको प्रदान गरिएको छ।

जसमध्ये फेसन क्याटगोरीमा १० वटा विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो। ती सिक्वेन्सबाटै ‘बेस्ट फेसन डिजाइनिङ इन्टिच्युट’ विधामा तीन वटा इन्टिच्युटले प्रतिस्पर्धा गरेका थिए।

आयोजकका अनुसार अनलाइन भोटिङ सिस्टम र आन्तरिक मूल्याँकनका आधारमा उत्कृष्ट छनोट गरिएको हो।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ। पछिल्लो समय आईआईएफटी उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा समेत स्थापित हुँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .