औषधि व्यवस्था विभाग, शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत (करार) सरोज सुवेदी घुस रकमसहित पक्राउ परेका छन्।
सुवेदीलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित विराटनगर महानगरपालिका–३ स्थित भट्टराई होटलको अगाडिबाट नियन्त्रणमा लिइएको हो।
सुवेदीले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया