नेपाल जन-प्रशासन संघले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान, २०७५ बाट वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दास सम्मानित भएका छन्।
नेपाल जन–प्रशासन संघले हरेक वर्ष प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान, २०७५ बाट बिहीबार एक कार्यक्रमकाबीच वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई सम्मानित गरिएको हो।
सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको तथा सामाजिक सेवामा समर्पित रही अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै बरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको हो।
दुई लाख रुपैयाँ धनराशीसहित उनलाई सम्मान गरिएको छ।

प्रतिक्रिया