भारतमा एकातर्फ कोरोना संक्रमण निको हुने दर ९५.९९ प्रतिशत पुगेको छ भने अर्कातर्फ कोरोनाको नयाँ प्रकारले चिन्ता बढाइदिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बेलायतबाट फर्केका धेरै जनामा नयाँ स्वरूपको कोरोनाको संक्रमण पुष्टि भएको छ।
एम्स प्रमुख डा. रणदीप गुलेरियाले भारतमा कोरोनाको नयाँ स्ट्रेन निकै संक्रामक हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले भारतमा हर्ड इम्युनिटी (समुदायस्तरमा रोगप्रतिरोधी शक्ति) विकास भएको छ भन्ने कुरा गलत भएको बताएका छन्। किनकि यसो हुनाका लागि जनसंख्यामध्ये ८० प्रतिशत मानिसमा कोरोनाविरुद्ध एन्टिबडी बन्न जरुरी छ।
पुरोना कोरोनाका लक्षण
सुरुमा सन् २०१९ को अन्त्यतिर चीनको उहान सहरबाट विश्वभर फैलिएको कोरोनाका लक्षण अहिले नयाँ रूपको कोरोनाका भन्दा भिन्न थिए। सुरुवाती चरणमा ज्वरो आउने, लगातार खोकी लाग्ने र स्वाद तथा बास्ना थाहा नपाउने जुन लक्षण देखिन्थे, तर अहिले नयाँ स्ट्रेनका लक्षण फरक छन्।
अनुसन्धानकर्ताका अनुसार नयाँ स्ट्रेनको उत्पत्ति कोरोनामा उत्परिवर्तन (म्युटेसन) का कारण हुन्छ।
कोरोनाको नयाँ स्ट्रेन अर्थात् प्रकारका प्रमुख ७ लक्षण
नयाँ प्रकारको कोरोनाले संक्रमण गर्दा देखिने प्रमुख ७ लक्षण पुरानोका भन्दा केही फरक छन्। बेलायतको
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले नयाँ कोरोनाले संक्रमण गर्दा देखिने ७ लक्षणबारे जानकारी दिएको छ।
के के हुन्?
शरीरमा दुखाइ तथा पीडा, घाँटी दुख्ने, आँखा पाक्ने, टाउको दुख्ने, पखाला लाग्ने, छालामा दाग देखापर्ने, औंलाका रङ बिग्रिने नयाँ कोरोनाका लक्षण हुन्। अन्य केही अनुसन्धानकर्ताले पनि यसको पुष्टि गरेका छन्।
कोरोनाको नयाँ स्वरूप सर्वप्रथम गत सेप्टेम्बरमा बेलायतमा देखिएको थियो। त्यसपछि दक्षिण अफ्रिकामा अर्काे प्रकार फेला परेको थियो। अहिले कोरोनाको नयाँ स्ट्रेन भारतसहित धेरै देशमा फैलिसकेको छ।
भाइरसका लक्षणबारे विस्तृत अध्ययन
कोरोना भाइरसका लक्षणबारे विस्तृत अध्ययन गरिएको छ। जुन अध्ययन क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशन भएको छ। जसमा ७० हजार संक्रमितको विवरणका आधारमा लक्षणलाई वर्गीकरण गरिएको छ।
अनुसन्धानकर्ताले तथ्यांकलाई ३ श्रेणीमा छुट्याएका छन्। पहिलो : बाह्य बिरामी, दोस्रो : भित्री बिरामी र तेस्रो : आईसीयूमा भर्ना गरिएका बिरामी।
यी तीन किसिमका बिरामीका अवस्था बुझ्ने कोसिस गरियो। ७० हजार २८८ जनामध्ये ५३.४ प्रतिशत अस्पताल भर्ना भएका थिए। जसमध्ये ४.७ प्रतिशत बिरामीलाई आईसीयूमा राखिएको थियो। बाँकी ४६.६ प्रतिशत बाहिरका बिरामी थिए। स्रोत : अमर उजाला
Shares

प्रतिक्रिया