ad ad

समाज


गलवानमा मारिएका सेनाको संख्यामा प्रश्न गरेपछि चीनमा पत्रकारसहित केही गिरफ्तार

गलवानमा मारिएका सेनाको संख्यामा प्रश्न गरेपछि चीनमा पत्रकारसहित केही गिरफ्तार

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ७:५३,

पत्रकारसहित ६ जनालाई गिरफ्तार गरेर कारवाही अगाडि बढाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनीहरुले गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा मारिएका चार सेना र घाइते भएका एक सेनाको बेइज्जत गरेको चीनको भनाइ छ।

अधिकारीहरुका अनुसार उनीहरुले भारतसँगको झडपमा मारिएका चिनियाँ सेनाको संख्यामा सन्देह व्यक्त गरेका थिए।

गत शुक्रबार मात्र चीनले गतवर्षको जुन १५ मा गलवान उपत्यकामा भएको झडपमा चार चिनियाँ सेनाको मृत्यु भएको पुष्टि गरेको थियो।

घटना भएको आठ महिनापछि मात्र चीनले आफ्नो सेनाको मृत्यु भएको स्वीकार गरेको हो। सो झडपमा भारतका २० सेनाको ज्यान गएको थियो।

एससीएमपीका अनुसार चारभन्दा बढी नै चिनियाँ सेना मारिएको हुनसक्ने हाल पक्राउ परेकाहरुले धारणा राखेका थिए।

पक्राउ परेकामध्ये पत्रकार क्यु जिमिङ पनि छन्। ३८ वर्षका उनले यसअघि द इकोनोमिक अब्जर्भरमा खोजमूलक पत्रकारिता गरेका थिए।

उनको विबो एकाउन्टमा २४ लाख फलोवर छन्। उनको अभिव्यक्तिले तथ्यलाई तोडमोड गरेर समाजमा नकरात्मकता र अफवाह फैल्याएको बताइएको छ।

उनले विबोमा लेखेका थिए,‘भर्खरै भारतीय सेनासँगको झडपमा मारिएको भनिएका चार सेनाको उद्धारको क्रममा मृत्यु भएको थियो। त्यस घटनामा उद्धार टोलीमा खटेकाहरुको पनि मृत्यु भएको थियो। त्यसकारण धेरै चिनियाँ सेनाको मृत्यु भएको हुनसक्छ।’

यो पनिः यी हुन् भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना, अन्तिम पत्रमा यसो भनेका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .