समाज


भारतमा सहरबीच कारभित्रका युवकलाई दिउँसै २० गोली हानियो (भिडिओ)

भारतमा सहरबीच कारभित्रका युवकलाई दिउँसै २० गोली हानियो (भिडिओ)

नेपालखबर
फागुन १०, २०७७ सोमबार १५:४४,

भारतको गुरुग्राम सहरमा सोमबार दिनदहाडै त्यो पनि एसयूभी कारभित्र बसेका युवकलाई २० भन्दा बढी गोली हानेर हत्या गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हानिएकामध्ये करिब १० गोली युवकलाई लागेको छ। युवक कुनै पनि आपराधिक घटनामा संलग्न थिएनन्, न उनीविरुद्ध कुनै मुद्दा नै लागेको थियो।

यस्तो अवस्थामा यति निर्मतापूर्वक उनको किन हत्या गरियो भन्नेबारे परिवार तथा प्रहरी छक्क परेका छन्। प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास गरिरहेको छ। आसपासका सीसीटीभी फुटेज संकलन गरिरहेको छ।

प्रहरीका अनुसार फिरोजगान्धी कलोनी निवासी सुरजित पुरब बाबु नाम गरेका व्यक्तिका भाइ सवारी टेम्पो चलाउँछन्। उनीसँगै बसईका २५ वर्षीय मनीष काम गर्थे। सोमबार बिहान करिब साढे ११ बजे उनी आफ्नो बाइकबाट फिरोजगान्धी कलोनीमा आए। बाइक राखेर भित्र गए।

केही समयपछि बाहिर आए र मालिकको एसयूभी-५०० कारमा बसे। कार अगाडि बढाउन मात्र के लागेका थिए, ४/५ युवक सामुन्ने देखापरे र कारको छेउमा गएर मनीषलाई अन्धाधुन्द गोली चलाउन थाले। तीमध्ये १० गोली उनलाई लाग्यो र कारको सिटमै उनको मृत्यु भयो। हत्यापछि उनीहरू पैदलै भागे।

सीसीटीभी फुटेज संकलन 
घटनापछि प्रहरी घटनास्थल पुगे र मनीषलाई अस्पताल लगे तर चिकित्सकले उनलाई मृत घोषित गरे। प्रहरी अधिकारीहरू घटनास्थलका सीसीटीभीका फुटेज संकलनमा जुटेका छन्। साथै मनीषको कल डिटेल्स र अन्य जानकारी पनि खोजी गरिरहेका छन्। 

हेर्नुहोस्, सीसीटीभी फुटेजमा गोली हानिएको दृश्य :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad