गएको २४ घण्टामा देशका विभिन्न स्थानमा आगलागीका २४ घटना भएका छन्। ती घटनामा परी तीन जना घाइते हुनुका साथै लाखौंको धनमाल नष्ट भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सल्यान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम (दुई स्थान), नुवाकोट, मकवानपुर, खोटाङ्ग, पर्सा (दुई स्थान), बारा, सिरहा, झापा, संखुवासभा, भोजपुर (दुई स्थान), ताप्लेजुङ्ग (दुई स्थान), मोरङ्ग, सुनसरी (दुई स्थान), बाजुरा, स्याङ्जा, गुल्मी र कैलालीमा आगलागीका घटना भएका छन्।
सल्यानको शारदा गाउँपालिका–७ कजेरीस्थित एक घर र गोठमा आगलागी हुँदा वर्ष ६२ की एक महिला सामान्य घाइते भएकी छन्।
यस्तै, नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–४ नसङचाङस्थित एक कुखराको फाराममा विद्युत सर्ट भई आगलागी हुँदा वर्ष ४० की एक महिला घाइते हुनुका साथै ३०० गोटा कुखुराका चल्ला र एउटा मोटरसाइकल जली क्षति भएको छ।
यता नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ रतिगांजकी २५ वर्षीया एक महिला खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा घाइते भएकी छन्।
Shares

प्रतिक्रिया