ad ad

समाज


‘मेरो शरीर, मेरो इच्छा’ भन्दै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम बहिष्कार

‘मेरो शरीर, मेरो इच्छा’ भन्दै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम बहिष्कार

नेपालखबर
फागुन ९, २०७७ आइतबार ८:१३,

त्यहाँको सरकारले देशका हरेक मानिसलाई निशुल्क खोप प्रदान गर्ने बताएको छ।

तर यतिबेला अस्ट्रेलियाका केही नागरिकहरु भने कोरोना खोप कार्यक्रमदेखि खुशी देखिँदैनन्।

शनिबार अस्ट्रेलियाका मुख्य शहरहरुमा कोरोनाविरुद्धको खोप कार्यक्रमको विरोध गर्दै हजारौं मानिसहरु सडकमा उत्रिएका थिए।

उनीहरुले ‘मेरो शरीर, मेरो इच्छा’ भन्दै नारा लगाएका थिए। सोमबारदेखि अस्ट्रेलियाभर फाइजर र बायोएनटेकले निर्माण गरेको खोप लगाइँदैछ।

पहिलो चरणमा त्यहाँका अग्रपंक्तिका ७ लाखलाई कोरोना खोप प्रदान गरिनेछ। स्वास्थ्य क्षेत्रका कामदार, सीमा सुरक्षाकर्मी तथा केयर होमका कामदारलाई पहिले खोप दिइनेछ।

गतहप्ता मात्र त्यहाँ अस्कफोर्ड र एस्ट्राजेनिकाले बनाएको खोपले मान्यता पाएको छ। आगामी महिनाबाट यस खोप पनि खोप अभियानमा सामिल हुनेछ।

Image result for vaccination

अस्ट्रेलियामा खोप निशुल्क प्राप्त हुनेछ भने यो खोप लगाउन बाध्य बनाइएको छैन।

यद्यपी शनिबार प्रदर्शनकारीले आफूहरुलाई खोप लगाउन बाध्य नबनाउन आग्रह गरेका थिए।

आफूहरुलाई कोरोना खोपमा विश्वास नभएको उनीहरुको भनाइ छ। शनिबार मेलबर्नमा प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको थियो।

प्रहरीले १५ जनालाई प्रहरीसँग झडप गर्न उत्रिएको भन्दै कारवाही गर्ने सूचना पठाएको छ।

विश्वका गरिब राष्ट्रहरु खोप नपाउने चिन्तामा छन्। तर अस्ट्रेलियामा ठिक उल्टो खोप कार्यक्रमकै विरोध भएको हो।

हालसम्म अस्ट्रेलियामा कोरोनाबाट २९ हजार संक्रमित बनेका छन्। यहाँ कोरोनाले ९०९ जनाको ज्यान लिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .