ad ad

राजनीति


प्रदेश सभा बैठक रोक्न मुख्यमन्त्री राईको जोड, अविश्वास प्रस्ताव अघि बढाइछाड्ने तयारीमा अर्को पक्ष

प्रदेश सभा बैठक रोक्न मुख्यमन्त्री राईको जोड, अविश्वास प्रस्ताव अघि बढाइछाड्ने तयारीमा अर्को पक्ष

नेपालखबर
फागुन ९, २०७७ आइतबार ८:६,

आज आइतबारका लागि तोकिएको प्रदेश १ को प्रदेश सभा बैठक राख्ने वा स्थगित गर्ने विवादबीच बैठक बस्ने भएको प्रदेश सभा सदस्यले जनाएका छन्।

सो प्रदेशका सांसद तथा पूर्वमन्त्री इन्द्र आङबोले बैठक बस्ने तयारी भइरहेको बताए।

‘आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्ने पूर्ववत् कार्यसूची हो, त्यो कायमै छ, सोहिअनुसार बैठक बस्छ,’ आङबोले नेपालखबरसँग भने।

आजको बैठक पहिले नै तय भएबमोजिम बस्ने वा स्थगित गर्ने भन्नेबारे प्रदेशका मुख्यमन्त्री र सभामुखबीच विवाद भएको हो।

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको हुँदा राईले सभाको बैठक टार्ने प्रयास गरेका छन्।

मुख्यमन्त्री राईले सभामुख प्रदिकुमार भण्डारीलाई आज आइतबारका लागि तय भएको बैठक स्थगित गर्न भनेपछि सभामुखले यसरी पटकपटक बैठक सार्न नहुने बताएका हुन्। जसका कारण प्रदेशको सरकार प्रमुख र संसद प्रमुखबीच विवाद भएको हो।

यसअघिका बैठक अविश्वास प्रस्ताव अघि बढ्न नदिनका लागि सत्तापक्षले बैठक नाराबाजीसहित अवरुद्ध गरेपछि स्थगित गरिएको थियो।

आज अपरान्ह दुई बजेका लागि तोकिएको बैठकबारे छलफल गर्न मुख्यमन्त्री राई र सभामुख भण्डारीबीच बिहान मुख्यमन्त्री कार्यालयमा छलफल भएको थियो। तर भण्डारीले मुख्यमन्त्रीको प्रस्ताव स्वीकार नगरेपछि दुई नेताबीच विवाद भएको हो।

पार्टी विभाजन भएपछि प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री राई र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। राई र पौडेल दुवै ओलीनिकट नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .