नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ।
नेपाल सरकारले सेरम इन्सिटिच्युट अफ इन्डिया नामक भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि गत बिहीबार सम्झौता गरेको थियो।
सोहि सम्झौताअनुसार एयर इन्डियाको भोलि आइतबार अपरान्ह साढे १ बजेको दिल्ली–काठमाडौं उडानबाट ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोहि सम्झौताअनुसार एयर इन्डियाको भोलि आइतबार अपरान्ह १ः३० बजेको दिल्ली–काठमाडौं उडानबाट सो खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
साथै सम्झौताबमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार छिट्टै प्राप्त हुने समेत मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।
हाल भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप देशका सतत्तरै जिल्ला र बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लगाउने काम भइरहेको छ।
चीनले पनि नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिँदैछ।
त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गतको संयन्त्र कोभ्याक्सबाट पनि नेपालले साढे २२ लाख डोज कोभिड खोप प्राप्त गर्ने बताइएको छ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति खोप ४ अमेरिकी डलरको दरमा भारतसँग २० लाख कोभिड–१९ को खोप खरिद गर्ने निर्णय गरेको थियो।
सोहि निर्णयबमोजिम सरकारले सो खरिद प्रक्रिया अघि बढाएको हो।
याे पनि :
मन्त्रिपरिषद् निर्णय : भारतसँग ४ डलरको दररेटमा २० लाख कोभिड भ्याक्सिन किन्ने
भारत बायोटेक कम्पनीले भन्यो : ७ अवस्थाका व्यक्तिले कोभ्याक्सिन नलगाउनू

प्रतिक्रिया