समाज


ह्याकिङ गरेर उत्तर कोरियाली नागरिकले १ अर्ब ३० करोड डलर चोर्न खोजेः अमेरिका

ह्याकिङ गरेर उत्तर कोरियाली नागरिकले १ अर्ब ३० करोड डलर चोर्न खोजेः अमेरिका

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १०:४,

तीन उत्तर कोरियाली नागरिकको फोटो सार्वजनिक गर्दै अमेरिकाले उनीहरुले एक अरबभन्दा बढी डलर चोरीको प्रयत्न गरेको बताएको हो।

पक्राउ नपरेका ती तीन जनामाथि द्वेषपूर्ण क्रीप्टोकरेन्सी प्रोग्रामहरू प्रयोग गरेको आरोप लगाइएको छ।

उनीहरुको नाम किम इल, पार्क जिन ह्योक र जोन चाङ ह्योक भएको बताइएको छ।

उत्तर कोरियाका उनीहरुमाथि सन् २०१७ मा वाना क्राइ साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ जसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो।

त्यसले यूके बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताइन्छ।

हाल आरोप लगाइएकामध्ये एक पार्क जिन ह्योकमाथि दुई वर्ष अघि सन् २०१४ मा सोनी इन्टरटेन्मेन्ट पिक्चर्सलाई ह्याक गरेको समेत आरोप लगाइएको थियो।

सोनी एन्टरटेनमेन्ट पिक्चर्सले सन् २०१४ मा सार्वजनिक गरेको द इन्टरभ्यु चलचित्र उक्त कम्पनी लक्षित साइवर हमलाको प्रारम्भिक कारण रहेको विश्वास गरिन्छ।

उक्त चलचित्रमा उत्तर कोरियाली नेता किम जङ उनमाथि व्यंग्य गरिएको छ।

हाल अभियोग लगाइएका तीनै जना उत्तर कोरियामा नै रहेको बताइएको छ। उत्तरले अमेरिकी अभियोगका आधारमा आफ्ना नागरीहरूलाई सुपुर्दगी गर्दैन।

बीबीसीका साइबर संवाददाता जो टीडीका अनुसार देशहरूले साइबर हमला गर्ने तीन कारण छन्।

पहिलो, एकअर्का लक्षित जासुसी गर्न, दोस्रो बौद्धिक सम्पत्तिको चोरी गर्न र तेस्रो अन्य देशको राजनीतिमा हस्तक्षेप गर्न।

राजनीतिक रूपमा एक्लिएको उत्तर कोरियाले भने पैसा कमाउने विषयमा रूचि राखेको देखिएको उनी बताउँछन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad