समाज


माइक्रोको ठक्करबाट बालकको मृत्यु

माइक्रोको ठक्करबाट बालकको मृत्यु

नेपालखबर
साउन २३, २०७६ बिहिबार १३:४७,

पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङको भुजुङ गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन्।

काठमाडौंबाट पोखरा जाँदै गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङको भुजुङ गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भयो। प्रहरीले माइक्रो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .