ad ad

समाज


बाख्रापालक किसानलाई अनुदान हस्तान्तरण

बाख्रापालक किसानलाई अनुदान हस्तान्तरण

वाशुदेव मिश्र
साउन २३, २०७६ बिहिबार १३:३५,

पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो।

बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई २० हजारका दरुले अनुदान रकम हस्तान्तरण गरेका हुन्। ८ वटाभन्दा बढी बाख्रापालक किसानलाई महानगरले खोर निर्माण र बाख्रा खरिदको लागि उक्त रकम हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसानहरुलाई प्रोत्साहन स्वरुप उक्त अनुदान दिएको बताए। उनले केही समयपछि अनुदान दिने कार्यलाई अन्त्य गर्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण गर्नका लागि क्षतिपूर्ति कोष र बीमातर्फ किसानलाई आकर्षित गर्नुपर्ने बताए। वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बाख्रापालक किसानलाई मात्र नभई अरु किसानलाई पनि महानगरले सहयोग गर्ने बताए।

उनले वडा नम्बर १९ लाई बाख्रापालनको लागि पकेट क्षेत्र बनाउन महानगरले सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस पुरचौरका क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले किसान समृद्ध नहुँदासम्म देश समृद्ध हुन नसक्ने बताए। पोखरा महानगरपालिका पुश सेवा महाशाखाका प्रमुख शिव वाग्लेले व्यावसायिक रुपमा बाख्रापालन गरेका ५० जना किसानलाई २० हजारका दरले २० लाख अनुदान वितरण गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .