समाज


जीप सडकबाट ८ सय मिटर तल खस्दा ३ जनाको मृत्यु, ६ घाइते

जीप सडकबाट ८ सय मिटर तल खस्दा ३ जनाको मृत्यु, ६ घाइते

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १:४९,

गुल्मीको रेसुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा- १४ पराल्मी  जाँदै गरेको लु१ज १९८८ नम्बरको जीप पराल्मी गाउॅ नजिकै दुर्घटना भएको हो। 

दुर्घटनामा रेसुंगा १४ पराल्मीकी २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। पोखरेलको घटनास्थलमै र बाँकी दुई महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते ६ मध्ये ४ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। बाँकी २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीपमा ११ जना सवार थिए। २ जनाले हाम्फालेर ज्यान जोगाएका छन्। जीप सडकबाट करिब ८ सय फिट तल खसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .