बेलायतमा हाल सुरुवातमा देखिएको भन्दा ७० प्रतिशत संक्रामक कोरोनाको त्रास यथावत् छ।
फेरि अर्को प्रकारको कोरोना देखिएपछि वैज्ञानिकहरु चिन्तित बनेका छन्। यो नयाँ प्रकारको कोरोनाले आफ्नो रुप फेर्ने र यसले समस्या निम्त्याउनसक्ने बताइएको छ।
इडनबरा युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले हालसम्म ३८ यस्ता संक्रमित भेटेका छन् जो कोरोनाको नयाँ प्रकारबाट बिरामी परेका छन्।
गत डिसेम्बरमै लिइएको नमूनामा नयाँ प्रकारको भाइरस देखिएको हो। हाल पहिलेभन्दा ७० प्रतिशत संक्रामक कोरोनाका कारण विभिन्न देशले बेलायत भ्रमणमा प्रतिबन्ध लगाएको अवस्था छ।
यसबीचमा अर्को प्रकार देखिएपछि फेरि नयाँ चुनौती थपिएको छ। हाल यो भाइरसको खतराबारे अनुसन्धान भइरहेको छ।
B.1.525 नाम दिइएको यस भाइरस दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोनाजस्तै भएको बताइएको छ। यसमा रुप परिवर्तन गर्ने क्षमता भएकाले यसले गम्भीर असर गर्ने अनुमान गरिएको छ। बीबीसी

प्रतिक्रिया