काठमाडौँ महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काएको छ।
महानगरले बुधबार बिहान डोजर लगाएर खुलामञ्चमा बनाइएका टहराहरु भत्काएको हो।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काले खुलामञ्च खाली गर्नका लागि बसपार्क क्षेत्रबाहेक अन्य संरचनाहरु भत्काइएको जानकारी दिइन्।

उपमेयर खड्काका अनुसार दरबार हाइस्कुल र वीर अस्पताल पुनर्निर्माणका लागि सामग्री राखिनुका साथै कामदारहरु पनि टहरा निर्माण गरेर त्यही बस्दै आएका थिए।
उनले सामग्री लैजनाका लागि वीर अस्पताल र महानगरलाई पहिल्यै पत्रचार गरिएको बताइन्।

भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए।
‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरूले टुँडिखेललाई खाली गराउन दबाबमूलक कार्यक्रम गर्दै आएका थिए।




प्रतिक्रिया