समाज


किम जोङकी श्रीमती रि सोल एक वर्षपछि सार्वजनिक रुपमा देखा परिन्

किम जोङकी श्रीमती रि सोल एक वर्षपछि सार्वजनिक रुपमा देखा परिन्

नेपालखबर
फागुन ५, २०७७ बुधबार ५:२७,

एक वर्षसम्म पनि सार्वजनिक रुपमा देखा नपरेपछि रि सोल–जुको बारेमा विभिन्न शंका उपशंकाहरु उब्जिएका थिए।

प्रायः किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने रि सोल–जु गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।

जसका कारण उनी बिरामी परेको अथवा गर्भवती भएको अनुमान गरिएको थियो।

उनी मंगलबार मात्र किमसँग आफ्ना ससुरा किम जङ–इलको जन्मजयन्तीको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएको देखिएको त्यहाँको सरकारी संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

उत्तर कोरिया

उत्तर कोरियाली पत्रिका रोदोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै सांगीतिक कार्यक्रमस्थलमा पुग्दा ठूलो स्वागत भएको थियो।

तस्बिरहरूमा उनीहरू कार्यक्रममा रमाइरहेको देखिएको छ। तर त्यहाँ मास्क र सामाजिक दूरीको नियम पालना गरेको देखिएको छैन।

उत्तर कोरियाले आफ्नो देशमा एक जनामा पनि कोरोना नदेखिएको बताउने गरेको छ।

यसैबीच सरकारी सञ्चारमाध्यममा किमलाई राष्ट्रपति भनेर सम्बोधन गर्न थालिएको छ। पहिले प्रयोग गर्ने गरिएका आधिकारिक पद सभापति प्रयोग नभएको बताइएको छ।

Image result for kim jong un

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad