वितेको एक हप्तामा अमेरिकामा भएको गोलीकाण्डहरुबाट ३२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
बुलेटप्रुफ झोला बनाउने कम्पनीहरुका अनुसार केही दिनयता बुलेटप्रुफ झोलाको माग बढ्दो छ।
राजनीतिज्ञले समाधान गर्न नसकेको समस्या यसै झोलाले समाधान हुने अमेरिकीहरुले यतिबेला विश्वास गर्न थालेको जनाइएको छ।
गोलीबारी भएको अवस्थामा उक्त झोलालाई ढालको रुपमा प्रयोग गर्न सकिने बताइएको छ। अमेरिकामा यस्ता झोला २ सय अमेरिकी डलमा किन्न सकिन्छ।
/s3.amazonaws.com/arc-wordpress-client-uploads/infobae-wp/wp-content/uploads/2018/09/14163259/Mochila-demo.jpg)
सन् २०१८ मा फ्लोरिडामा भएको दुई गोलीकाण्डमा २७ जना विद्यार्थीको मृत्यु भएको थियो त्यसपछि बुलेटप्रुफ झोलको अवधारणाको विकास भएको हो।
सन् २०१२ मा पनि विद्यालय भित्रै भएको गोलीकाण्डमा २८ विद्यार्थीको मृत्यु भएको थियो। यस्तै सन् २००७ मा ३१ जनाको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार भएको थियो।
अमेरिकामा गोलीकाण्डका घटना नियन्त्रण गर्ने प्रयास जारी रहँदा यो क्रम बढ्दो छ। डेली मेल
Shares

प्रतिक्रिया