समाज


गंगामायाको जीवन रक्षा गर्न सरकारलाई निर्देशन

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई निर्देशन

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १३:४३,

राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीन बुँदे निर्देशन दिने निर्णय गरेको छ।

आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उनी जहाँ भएपनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले जानकारी दिए।

बैठकले अनशनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूतिसमेतका लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने कार्यमा सहयोगगर्न सबैलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .