राजनीति


कांग्रेस दैलेखका पूर्वसभापति शाहीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस दैलेखका पूर्वसभापति शाहीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १३:३६,

नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति नन्दबहादुर शाहीको निधन भएको कांग्रेसले जनाएको छ।

शाहीको ७५ वर्षको उमेरमा सोमबार निधन भएको हो। दैलेख भैरवी गाउँपालिका–४ निवासी २०५१ मा कांग्रेस जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति भएका थिए।

उनी विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्व उपाध्यक्ष थिए। स्वर्गीय शाहीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याएको सक्रिय योगदानको स्मरणसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .