ad ad

समाज


भारतमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने प्रधानाध्यापकलाई मृत्युदण्ड

भारतमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने प्रधानाध्यापकलाई मृत्युदण्ड

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ६:२१,

भारतको बिहार राज्यको राजधानी पट्नामा रहेको विद्यालयमा कक्षा पाँचमा पढ्ने बालिकामाथि प्रधानाध्यापक अरविन्द कुमारले बलात्कार गरेका थिए।

उनलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ।

यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ।

यो घटना झन्डै तीन वर्ष अगाडिको हो। अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ।

पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो।

बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना सार्वजनिक भएको थियो।

बालिकाले आफ्नी आमालाई पेट दुखेको बताएपछि अस्पतालमा उनी गर्भवती भएको पत्ता लागेको थियो।

त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि बलात्कार गरेको खुलासा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .