ad ad

समाज


मानसिक सन्तुलन गुमेका व्यक्तिले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु, पाँच घाइते

मानसिक सन्तुलन गुमेका व्यक्तिले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु, पाँच घाइते

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ३:१,

बागलुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा दपासामा मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गरी स्थानीय ८४ वर्षीय यामबहादुर केसीको हत्या गरेका हुन्।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

कोदालो प्रहारबाट घाइते स्थानीय ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

जथाभावी कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .