समाज


५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ६:४२,

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ।

बिहीबार जिप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए।

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जिप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए। बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जिप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै, आयोजनाका इन्जिनियर सुनिलकुमार शाह घाइते भएका छन्। त्यस्तै, सोही जिपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाइते भएका छन्। प्रहरीका अनुसार सो जिप सडकबाट १२० मिटर तल खसेर दुर्घटना भएको थियो।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो।

आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन्। विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो। सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad