राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
बिहीबार नेता थापाले अभिव्यक्तिकै कारण झाँक्रीलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न माग गरेका हुन्।
‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्विटरमा लेखेका छन्।
रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्।
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै बिहीबार दिउँसो प्रहरीले नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको छ।
3
Shares

प्रतिक्रिया