समाज


आज मौसम सफा, भोलिदेखि हिमपातको सम्भावना

आज मौसम सफा, भोलिदेखि हिमपातको सम्भावना

नेपालखबर
माघ २९, २०७७ बिहिबार १:७,

नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) देशभर मौसम सामान्यतया सफा छ भने तराई तथा पहाडका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे प्रकाशन गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २९ गते बिहीबार
दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ३० गते शुक्रबार
दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

फाल्गुन १ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad