ad ad

समाज


थप १३० मा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

थप १३० मा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

नेपालखबर
माघ २६, २०७७ सोमबार १५:३६,

पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन्। हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० को पिसिआर परीक्षण भएको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ।

थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .