समाज


मोटरसाइकल आपसमा जुध्दा एकको मृत्यु, एक घाइते

मोटरसाइकल आपसमा जुध्दा एकको मृत्यु, एक घाइते

नेपालखबर
साउन २२, २०७६ बुधबार १०:५,

पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४०प १५८३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। दुर्घटनामा घाइते ना४०प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते भएका छन्। चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था खतरामुक्त रहेको र दुबै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad