समाज


कृषि विश्वविद्यालयका सहायक डिन ओझाको निधन

कृषि विश्वविद्यालयका सहायक डिन ओझाको निधन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ७:२०,

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि संकायका सहायक डिन विष्णुराज ओझाको निधन भएको छ।

उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो।

ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। अस्पताल भर्ना भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो।

विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मिएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ। उनलाई नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad