समाज


बढुवा भएका ३१ प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका ३१ प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
माघ २२, २०७७ बिहिबार ११:५६,

नेपाल सरकार गृह सचिवस्तरको बुधबारको बैठकले बढुवा गरेका प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच ३१ प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा १५ जना, प्राविधिक डीएसपीबाट प्राविधिक एसपीमा १ जना र प्राविधिक इन्सपेक्टरबाट प्राविधिक डीएसपीमा १५ जना गरी ३१ जना बढुवा भएका थिए।

SP RishiKandel

उनीहरुसँगै एसपीमा बढुवा भएका एक जना भने हाल सुडान डार्फरस्थित एफपीयू मिसनमा कार्यरत छन्।

समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै प्राप्त नयाँ जिम्मेवारीलाई सजगता र सतर्कता अपनाउँदै कार्य सम्पादन गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad