बुधबार साँझसम्म नेपालमा एक लाख ४५ हजार ८४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ वटै जिल्लाका २०१ खोप बुथहरुबाट सो संख्यामा खोप लगाइएको हो।
जस अनुसार प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, वागमतीमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४, कर्णालीमा सात हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार एक जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
सरकारले प्राथमिकताको आधारमा स्वास्थयकर्मी र सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका तथा कोरोनाविरुद्ध उपचार तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो।

प्रतिक्रिया