कला


अन्ततः यसरी मिल्यो नायिका सुष्मा, उत्सव र आरतीबीचको विवाद

अन्ततः यसरी मिल्यो नायिका सुष्मा, उत्सव र आरतीबीचको विवाद

नेपालखबर
माघ २१, २०७७ बुधबार १२:६,

सोमबार राति साढे ९ बजे अभिनेत्री श्वेता खड्का, रंग पत्रकार उत्सव रसाइलीसहितको एक समूह दरबारमार्गस्थित लण्डन पवमा श्वेताकी बहिनी आरती खड्काको एनिभर्सरी कार्यक्रममा रमाइलो गरिरहेका थिए।

केहीबेरमा उक्त पवमा अर्की अभिनेत्री सुष्मा कार्की पनि पुगिन। उनका अनुसार केहीदिनमा हुने आफ्नो एक कार्यक्रमका लागि पवका सञ्चालकलाई भेट्न कार्की त्यहाँ पुगेकी थिइन।

पबमा पुगेपछि कार्कीको नजरमा उत्सवमा पर्यो। जो उक्त एनिभर्सरीका अतिथि थिए।

‘उत्सवले मलाई लामो समयदेखि टार्गेट गरिरहेको थियो। तीनचार वर्षदेखि अरुसँगका अन्तर्वार्तामा मेरो नाम लिदैँ डाउन पाथ्र्यो,’ सुष्मा भन्छिन, ‘मैले त्यसरी अन्तर्वार्ताको बीचमा मेरो नाम नलेउ भनेकी थिए। कतिपटक फोन गर्दा पनि उठाएन। सोहीकुरा गर्न म उसँग कुरा गर्न गएकी थिएँ।’

सुष्माका अनुसार उत्सवले ‘तिमी पब्लिक फिगर हो केहीपनि हुन्न’ यसअघि उनलाई टार्दै आएका थिए। पवमा उनीहरुबीच त्यही विषयमा सामान्य विवाद भएको हो।

‘विवादकै क्रममा उत्सवले यो केटी को हो यसलाई निकाली हाल, तलाई केटाहरु बोलाएर पिट्न लगाउँछु भन्न थाले,’ सुष्मा भन्छिन, ‘त्यसपछि इभेन्टमा रहेका श्वेता खड्काका मान्छेहरु आएर हर्यासमेन्ट गर्नुभयो। उहाँकी बहिनी आरतीले पछाडिबाट आएर हातपात गर्नुभयो।’

सुष्मा र उत्सवका बीच विवाद भइरहँदा आरती पछाडिबाट आएर सुष्मालाई झापड हानेकी थिइन। त्यसपछि उक्त विवादले उग्ररुप लिएको हो।

आफूमाथि हातपात भएको र उक्त समूहले गालीगलौच गरेको भन्दै सुष्मा नजिकै रहेको महानगरीय प्रहरी कार्यालय, दरबारमार्ग पुगेकी थिइन। त्यहाँ उनले उत्सव र आरतीले आफूमाथि हातपात गरेको र गालीगलौच गरेको निवेदन समेत दिइन।

‘भनाभन भयो भन्दैमा कसैलाई छुन, हर्यासमेन्ट गर्न पाइदैँन नी। उनीहरुले हात नै हालेपछि मैले निवेदन दिएकी हुँ,’ सुष्मा भन्छिन्, ‘मसँग भिडियो भुटेज पनि छ। त्यो प्रहरीलाई उपलब्ध गराएकी छु। त्यहाँबाट दुधको दुध पानीको पानी भइहाल्छ।’

उत्सवका अनुसार सुरुमा नायिका सुष्माले नै दुव्यवहार गरेकी हुन। उनले आफूमाथि जातिय रुपमा आइ लागेपछि आफ्नो प्रोटेक्टमा आरतीले एक झापड हानेको बताएका छन।

‘हामी रमाइलो गरिरहेको ठाउँमा आएर सुरुमा उहाँले नै दुव्र्यवहार गर्नुभएको हो,’ उत्सवले भने, ‘मलाई जातीय हिसाबले समेत होच्याउँने गरी दुव्र्यवहार गर्नुभएपछि आरती जीले मलाई प्रोटेक्ट गर्दै झापड हान्नुभएको हो।’

बुधबार दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको थियो। छलफलपश्चात दुवैपक्षबीच सहमति भएको छ। उत्सव र आरतीले सुष्माप्रति माफी माग्दै आगामी दिनमा त्यस्तो घटना नहुने बताएपछि दुवै पक्षबीच सहमति भएको हो।

‘हामीबीच एक खालको असमझदारी भएको थियो। नहुनुपर्ने घटना थियो,’ उत्सवले भने, ‘सुष्मामाथि नहुनेपर्ने आक्रामण भएको थियो। त्यसका लागि क्षमाप्रार्थी छौं।’

आगामी दिनमा यस्तो कुनैपनि खालको वादविवाद, भनाभना नगर्ने र एकअर्कालाई सम्मान गर्दै अघि बढ्ने सहमति भएको उत्सवले बताए।

सुष्माले उत्सव पक्षले गल्ती महसुस गर्दै क्षमा मागेपछि सहमति भएको बताइन। उनले आफूमाथि जातिय कुरा गरेको भन्ने उत्सवको आरोप निराधर भएको बताइन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad