समाज


चिठ्ठी पुर्‍याउन जीपीएस सिस्टम प्रयोग गर्दै काठमाडौं हुलाक

चिठ्ठी पुर्‍याउन जीपीएस सिस्टम प्रयोग गर्दै काठमाडौं हुलाक

नेपालखबर
माघ २१, २०७७ बुधबार ९:३९,

गोश्वारा हुलाक कार्यालय, काठमाडौंले प्रापकको ठेगाना पत्ता लगाउन जीपीएस सिस्टम प्रयोग गर्ने भएको छ।

यसअघि चिठ्ठीमा लेखिएका ठेगानाअनुसार पाउने व्यक्तिको ठेगाना खोज्न झन्झट हुने अवस्थालाई मध्यनजर गर्दै जीपीएस सिस्टम प्रयोग गर्न लागिएको हो।

‘अव्यवस्थित शहरीकरणका कारण चिठ्ठीमा लेखिएका ठेगानाहरुमा पुग्न पटकपटक फोन गर्नुपर्ने, खोज्न घण्टौं समय लाग्ने समस्या विगत देखिकै थियो,’ कार्यालयका प्रमुख प्रद्युन्म उपाध्यायले भने, ‘सोही समस्या हल गर्न जीपीएस लोकेसन सिस्टमको प्रयोग गर्न थालेका छौं। यसको प्रयोगले चिठ्ठी पुर्याउनेहरु सजिलै, सिधै प्रापकको ठेगानामा पुग्न सक्नुहुन्छ।’

जीपीएस सिस्टम प्रयोग गर्नका लागि प्रेषकले आफ्नो मोबाइलको गुगल म्यापबाट चिठ्ठी पाउने स्थानको कोड उल्लेख गर्नुपर्ने हुन्छ। त्यसका लागि गुगल म्यापमा गई आफ्नो लोकेसनमा एकछिन क्लिन गरेपछि ‘एडप्ट कोड’ आउँछ।

उक्त कोड हुलाकका कर्मचारीले आफ्नो मोबाइलको म्यापमार्फत सजिलै सम्बन्धित ठेगानामा पुग्न सक्छन्।

१५ दिनअघिमात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएका उपाध्यायका अनुसार जीपीएस सिस्टम प्रयोगका लागि मापदण्ड समेत बनाइसकिएको छ। मन्त्रालयले मौखिक स्वीकृति दिइसकेको र लिखित स्वीकृति पाउने वित्तिकै सेवा सुरु हुने उनले बताए।

कार्यालय अन्तर्गत १८ इलाका र ५३ अतिरिक्त हुलाक कार्यालय छन्। यूनिभर्सल पोस्टल यूनियनको सदस्य भएको कारणले पनि विदेशबाट आउने आधिकारिक चिठ्ठीहरु हुलाकबाट नै आउने भएकाले लकडाउन अघिसम्म महिनाको औषत १ लाख चिठ्ठीहरु हुलाक कार्यालयमा आएको तथ्यांक रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad