खेल


आबुधाबी टी–१० लिगमा सोमपाल कामीको पहिलो विकेट, करणले पाए ब्याटिङ गर्ने मौका

आबुधाबी टी–१० लिगमा सोमपाल कामीको पहिलो विकेट, करणले पाए ब्याटिङ गर्ने मौका

नेपालखबर
माघ २१, २०७७ बुधबार ६:२०,

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीले आबुधाबी टी–१० लिगमा आफ्नो पहिलो विकेट लिएका छन्।

मंगलबार भएको खेलमा सोमपालले लिगमा आफ्नो पहिलो विकेट लिएका हुन्। मराठा अरेवियन्सबाट लिग खेलिरहेका सोमपालले व्यक्तिगत चौथो खेल खेल्दै कलन्दर्सविरुद्ध पहिलो विकेट लिएका हुन्।

सोमपालले एक ओभरमा १९ रन खर्चेर १ विकेट लिए। उक्त खेलमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भयो। मराठाले दिएको १ सय २ रनको लक्ष्ये कलन्दर्सले ८ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।

कलन्दर्सका सर्जिल खानले २८, कप्तान सोहेल अख्तरले २० रनको योगदान दिए। बेंन डंक २६ रनमा नटआउट रहे। यमिन अहमदजीले २, सोएब मलिक र इशान मलहोत्रले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो। मराठाका ओपनर मोहम्मद हफिजले ४४ रनको योगदान दिए।

सोएब मलिक २३ र अब्दुल सकुर ११ रनमा आउट भए। कलन्दर्सका सोहेल तनवीरले ३ तथा सुल्तान अहमद र डन्याल अहमदले एक–एक विकेट लिए।

karan kcकरण केसी (फाइल तस्बिर)

गएराति नै भएको अर्को खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी गोल्डेन डक आउट हुन पुगे। पुणे डेभिल्सबाट टि–१० लिग खेलिरहेका करणले दिल्ली बुल्सविरुद्ध पाँचौ ओभरमा ब्याटिङ गर्ने मौका पाएमा थिए।

यसअघिका चार खेलमा बलिङ मात्र गरेका करणले पाँचौ खेलमा पहिलो पटक ब्याटिङ गर्ने मौका पाएका थिए। तर पहिलो बलमै करण क्याच आउट हुन पुगे।

अमेरिकाका तीव्र गतिका बलर अलि खानले करणलाई पाँचौं ओभरको पाँचौ बलमा रहमानुउल्लाह गुर्बाजबाट क्याच गराउँदै शून्य रनमा पवेलियन फर्काए।

पुणेले दिल्लीलाई ५८ रनको सामान्य लक्ष्य दिएको छ। पुणेले पहिला ब्याटिङ गर्दै १० ओभरमा ७ विकेटको क्षतिमा ५७ रनको योगफल तयार पारेको थियो।

देभन थोमस १५ रनमा अविजित रहे। केन्नर लुइसले १५ र टम क्याडमोरले ११ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अली खानले ५ बलमा कुनै रन नदिई ३ विकेट लिए। अहमद बटको नाममा २ विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad