भक्तपुरमा घर निर्माण गर्ने क्रममा दुई तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ।
काभ्रेको बेथानचोक गाउँपालिका ६ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कुण्डोल बस्दै आएका ४० वर्षीय प्रेम मगरको घर बनउने क्रममा माथिबाट खस्दा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार शुक्रबार साँझ मध्यपुर ठिमी ६ कुण्डोलका ठाकुर अधिकारीको घर बनाउने क्रममा मगर अचालन लड्न पुगेका थिए।
लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि तत्कालै मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको डिएसपी गिरीले जानकारी दिए।

प्रतिक्रिया