१४ दिनको क्वारेन्टिन अवधि पुरा गरेसँगै १० वैज्ञानिकको टोलीले अब हुपेइ प्रान्तको वुहानमा कोरोना उत्पत्ति कसरी भयो भन्नेबारे अध्ययन थाल्ने डब्लूएचओले जनाएको छ।
यस अवधिमा डब्लूएचओको कुनैपनि वैज्ञानिकमा कोरोनाको संक्रमण देखिएको थिएन।
डब्लूएचओको टोलीको अनुसन्धानमा चिनियाँ वैज्ञानिकहरुले सहयोग गर्ने बताइएको छ। वैज्ञानिकहरुले विभिन्न अस्पताल, अनुसन्धान संस्थासँग अन्तर्वार्ता गर्नेछन्।
यो टोलीले वुहानको माछा बजारबाट कोरोना कसरी फैलियो भनेर अनुसन्धान गर्नेछ।
— Peter Daszak (@PeterDaszak) January 28, 2021Day 14 of our quarantine in Wuhan!! Slightly sad to say goodbye to my “gym” & my “office” where I’ve been holed up for last 2 wks!! (Clue - It’s all in the same room...). Moving into next phase of work now w/ @WHO mission team & China counterparts. pic.twitter.com/SC75H70WMK
चीनले कोरोना भाइरसलाई प्रयोगशाला बनाएको भन्ने आरोप लाग्ने गरेको छ। साथै चीनमाथि कोरोनाको खतरा लुकाएको आरोप पनि लागेको छ।
डब्लूएचओको स्वतन्त्र अध्ययनबाट धेरै तथ्य र रहस्य फेला पर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया