दक्षिण कोरियाली संचारमाध्यम डेली एनकेलाई उदृत गर्दै द सनले दिएको जानकारीअनुसार उत्तर कोरियाले अन्य खोप विकास गर्ने कम्पनीको सूचना चोरेर घरेलु खोप विकास गरेको हो।
हाल सोही खोप त्यहाँका नागरिकमा परीक्षण गर्न थालिएको जनाइएको छ।
बायोलोजिकल इन्डस्ट्री रिसर्च सेन्टर अफ किम–सुङ युनिभर्सिटीले बनाएको खोपलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएकामा लगाउन थालिएको जनाइएको छ।
उत्तर कोरियामा हालसम्म एक व्यक्तिमा पनि कोरोनाको संक्रमण भएको खबर छैन।
यसअघि माइक्रोसफ्टले रुस र उत्तर कोरियाली ह्याकरले कोरोनाविरुद्धको खोपको अनुसन्धानको सूचनाको चोरीको प्रयास भएको बताएको थियो।
यसबीचमा उत्तर कोरियाले ह्याकिङ गरेर खोपको सूचना चोरेर खोप बनाएको विषय सार्वजनिक गरेको हो।
प्रतिक्रिया