समाज


विद्यालयको शौचालय निर्माण गरिदिएवापत घुस माग्ने सव-इन्जिनियरविरुद्ध मुद्दा

विद्यालयको शौचालय निर्माण गरिदिएवापत घुस माग्ने सव-इन्जिनियरविरुद्ध मुद्दा

नेपालखबर
माघ १३, २०७७ मंगलबार १५:०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव-इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब-इन्जिनियर अधिकारीले निकासा दिलाइदिएवापत रु एक लाख ५० हजार अतिरिक्त रकम लिएको आरोप लगाएको छ।

सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

निज सव-इन्जिनियर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात् अन्तिम किस्ता निकासा गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad