बम्बई उच्च अदालतले कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए त्यस्तो कार्यलाई यौनहिंसा नमानिने निर्णय गरेपछि यस फैसलाको चौतर्फी विरोध भएको हो।
३९ वर्षका एक पुरुषले १२ वर्षकी बालिकालाई कपडा नखोली यौनहिंसा गरेका थिए। यस मुद्दामा अदालतका न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने फैसला गरेकी हुन्।
सन् २०१६ को डिसेम्बरमा ३९ वर्षका पुरुषले बालिकालाई मेवा दिएर लोभ्याएको र घरमा लगेर उनको छाती समाएको साथै अन्डरवेयर खोल्ने प्रयास गरेको अनुसन्धानमा देखिएको छ।
उनलाई यौन दुर्व्यवहारको आरोपमा मुम्बईको तल्लो अदालतले ३ वर्षको जेल सजाय सुनाएको थियो।
तर उनले उच्च अदालतमा यस मुद्दामा आफू दोषी भएको विषय उठान गरेका थिए। गत जनवरी १९ मा न्यायाधीश गनेदिवालाले उक्त कार्य यौन हिंसामा नपर्ने बताएकी थिइन्।
अदालतको निर्णयले गलत र खराब नजिर स्थापना भएको भन्दै यतिबेला भारतभर यस कार्यको विरोध भएको छ।
सन् २०१२ को इन्डियाज प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस एक्टका अनुसार बालबालिका माथि यौन दुर्व्यवहार हुन छाला–छालको सम्पर्क हुनुपर्छ।
यस घटनामा त्यस्तो नदेखिएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया