देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाे माैसमविद्ले बताएका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :
माघ १२ गते (सोमबार)
दिउँसो : देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १३ गते (मंगलबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हल्का हिमापाको सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : लुम्बिनी प्रदेशको भूभाग अनि प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना था तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया