समाज


उच्च अदालतमा तीनजना मुख्य न्यायाधीश नियुक्त

उच्च अदालतमा तीनजना मुख्य न्यायाधीश नियुक्त

नेपालखबर
माघ १२, २०७७ सोमबार ०:५२,

न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्त तथा पदस्थापन गरेको छ।

परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त तथा पदस्थापन गरेको हो।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। निरौला सर्वोच्चको मुख्य रजिस्टार थिए। निरौला मुख्य न्यायाधीशमा नियुक्त भएपछि सर्वोच्चमा मुख्य रजिस्टार पद रिक्त भएको छ।

त्यसैगरी प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ। यसअघि उनी जनकपुरमै कायम मुकायम मुख्य न्यायाधीश थिए।

त्यस्तै उच्च अदालत तुल्सीपुरमा कार्यरत कायम मुकायम मुख्य न्यायाधीश नीता गौतम दीक्षितलाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ। उनलाई तुल्सीपुरमै पदस्थापन गरिएको छ।

त्यसैगरी न्याय परिषद् बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश वैद्यनाथ उपाध्यायलाई सिफारिस गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक तपबहादुर मगर राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि उक्त स्थान रिक्त थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad