अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तीमा १९ मानिस मृत भेटिएका छन्।
तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयका अनुसार उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको र त्यहाँ प्रायः झगडा हुने गरेको क्षेत्र हाे।
प्रहरीले शनिबार कार्मागो सहरनजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुईवटा गाडी भेट्टाएको पुष्टि गरेको छ। गोली हानेर मारिएकाे र त्यसपछि जलाइएकाे हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ।
तर घटनास्थलमा गोलीका छर्रा नभेटिएकाले उनीहरू अर्कै ठाउँमा मारिएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ।
करमागो सहर करिब १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको बजार क्षेत्र हो।
घटनाबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया