समाज


सर्लाहीबाट पेस्तोलसहित एकजना पक्राउ

सर्लाहीबाट पेस्तोलसहित एकजना पक्राउ

नेपालखबर
माघ ११, २०७७ आइतबार ३:३,

सर्लाहीको कविलासीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

मिश्र कविलासी नगरपालिका–१० चमेलीमाईबाट पक्राउ परेका हुन्। ‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ,’ एसपी राठौरले भने।

छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad