समाज


अर्काको बेडरुमको दृश्य हेर्न दुई सय घरको सीसीटीभी ह्याक गरेपछि..

अर्काको बेडरुमको दृश्य हेर्न दुई सय घरको सीसीटीभी ह्याक गरेपछि..

नेपालखबर
माघ १०, २०७७ शनिबार ११:२९,

३५ वर्षका टेलिस्फोरो एविल्स सीसीटीभी कम्पनीको टेक्निसियन थिए। उनले दुई सय घरको सीसीटीभी ह्याक गरेकाे पाइएकाे छ।

उनले ९ हजार ६ सयपटक आफ्नो ग्राहकको अकाउन्ट ह्याक गरेर उनीहरुकाे गतिविधि नियालेकाे बताइएको छ।

सीसीटीभीको सुविधा प्रदान गर्ने एडीटी कम्पनीमा कार्यरत उनलाई गतवर्षको अप्रिलमा मात्र जागिरबाट निकालिएको थियो।

अमेरिकी अदालतमा एविल्सले बिहीबार मात्र आफूले सीसीटीभी ह्याक गरेर आफ्ना ग्राहकको गतिविधिलाई नियालेको स्वीकार गरेका छन्।

उनले राम्री महिला ग्राहकको जासूसी गर्ने गरेको स्वीकार गरेका हुन्। अर्काको बेडरुममा उनले श्रीमान श्रीमतीबीच भएका निजी गतिविधिलाई लाइभ हेर्थे।

एविल्सले राम्री ग्राहकको सूची नै बनाएको पनि प्रहरीले बताएका छन्।

आफ्नो सीसीटीभीमा कसैले पहुँच लिएको थाहा पाएपछि ग्राहकहरुले कम्पनीमा गुनासो गरेका थिए।

प्रहरीले अनुसन्धान गर्दै जाँदा एविल्स दोषी पाइएका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad