ad ad

समाज


बाइडेनको शपथग्रहणमा खटेका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

बाइडेनको शपथग्रहणमा खटेका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपालखबर
माघ १०, २०७७ शनिबार ६:१६,

बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका लागि खटाइएका थिए।

तीमध्ये झन्डै एक सय ५० देखि दुई सयजनामा कोरोना पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

गत जनवरी ६ मा पूर्व राष्ट्रपति ट्रम्पका समर्थकले बाइडेनको जित अवैधानिक भन्दै संसद भवनमा आक्रमण गरेका थिए।

ट्रम्पका समर्थकले हिंसा भड्काउने खतरा बढेपछि बाइडेनको शपथ ग्रहणमा बाक्लो रुपमा सेना तैनाथ गरिएको थियो।

अमेरिका अहिले कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त देश हो। त्यहाँ २ करोड ५३ लाख ९० हजारमा कोरोना पुष्टि भइसक्दा ४ लाख २४ हजारको कोरोनाका कारण मृत्यु भइसकेको छ।

The Military Occupation of D.C. for Biden's Inauguration Is a National  Disgrace | The New Republic

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .