कोरोना संक्रमणमा अर्काे नयाँ लक्षण देखापरेको छ। अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिएका हुन्। जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।
यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।
सामाजिक सञ्जालमार्फत चेतावनी
किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार कोरोनाका बिरामीको जिब्रोमा घाउ र दाग देखिने समस्या बढिरहेको छ। यदि तपाईंमा यस्ता लक्षण देखिएको छ वा टाउको दुख्ने वा थकान महसुस भइरहेको छ भने घरमै बस्न उनले अनृुरोध गरेका छन्।
One in five people with Covid still present with less common symptoms that dont get on the official PHE list - such as skin rashes. Seeing increasing numbers of Covid tongues and strange mouth ulcers . If you have a strange symptom or even just headache and fatigue stay at home ! pic.twitter.com/V04CiZNilK
— Tim Spector (@timspector) January 13, 2021संक्रमितमा फरक-फरक लक्षण
वैज्ञानिकका अनुसार मुख पनि कोरोनाको प्रवेशद्वार हो। यसअघि नै सार्वजनिक भइसकेको छ कि कोरोना संक्रमणका लक्षणमा स्वाद तथा बास्ना थाहा नपाउनु पनि पर्छन्। अहिले जिब्रोमा दाग र घाउ देखापर्नु पनि कोरोनाको लक्षण बताइएको हो।
जामा डर्मेटोलजी जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘स्पेनमा कोरोनाका बिरामीमा अनुसन्धान गरिएको थियो। त्यस क्रममा २१ बिरामीको छालामा दाग देखियो भने ६ बिरामीको जिब्रोमा समेत दाग र धब्बा देखिए।’ एजेन्सी
प्रतिक्रिया