ad ad

समाज


जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्रीमा सहयोग गर्ने दुई कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्रीमा सहयोग गर्ने दुई कर्मचारी पक्राउ

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:३१,

जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने कार्यमा संलग्न दुई जनालाई काठमार्डौं प्रहरी परिसरले पक्राउ गरेको छ।

परिसरले मालपोत कार्यालय कलंकीका नासु नारायण श्रेष्ठ र तत्कालीन शाखा अधिकृत दीपक दाहाल पक्राउ परेका छन्।

उनीहरुले सामाखुसीको जग्गा नक्कली जग्गाधनी खडा गरेर बिक्री गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। श्रेष्ठ कार्यालयबाटै र दाहाल विमानस्थलबाट पक्राउ परेका हुन्।

यसबारे थप अनुसन्धान सुरु गरिएको एसएसपी सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .