समाज


आजदेखि नेपाललगायत छिमेकी मुलुकमा कोरोना खोप पठाउन सुरु गर्छाैं : भारत

आजदेखि नेपाललगायत छिमेकी मुलुकमा कोरोना खोप पठाउन सुरु गर्छाैं : भारत

नेपालखबर
माघ ७, २०७७ बुधबार ०:१२,

भारतले नेपाललगायत छिमेकी मुलुकलाई अनुदानस्वरूप दिने भनिएकाे कोरोनाविरुद्धको खोप आज (बुधबार) देखि पठाउन सुरु गर्ने भएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार जनवरी २० तारिख (आज) देखि आफ्ना छिमेकी देश भुटान, मालदिभ्स, बंगलादेश, म्यान्मार, ससेल्ससहित नेपालमा कोरोना खोप पठाउन थालिने भएको हो।

आज मालदिभ्समा खोप पठाइने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाललगायत छिमेकी मुलुकलाई सहयोगस्वरूप भारत सरकारले दिने भएको हो।

भारतकाे विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ। बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै बुधारबारदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन्। 

नेपालका अधिकारीले भने खोप आजै पनि आउन सक्ने तथा कम्तीमा यो हप्ताभित्र आइपुग्ने अपेक्षा गरेका छन्।

याे पनि :

 नेपालमा कोरोना खोप पठाउने भारतको निर्णय

भारत बायोटेक कम्पनीले भन्यो : ७ अवस्थाका व्यक्तिले कोभ्याक्सिन नलगाउनू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad